+
+
Shares

प्रहरीले सार्वजनिक सवारी सञ्चालकलाई भन्यो : परमिट बाहिर नचलाउनु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १४:५३

२२ असार, काठमाडौं । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधन सञ्चालकलाई आफ्नो रुट परमिट बाहिर सवारी साधन नचलाउन सूचित गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी डिभिजनले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक सवारी साधनले स्वीकृत रुट परमिट भन्दा बाहिर सञ्चालन गर्ने, तोकिएको मार्ग तथा गन्तव्यको पालना नगर्ने, रुट परमिट प्राप्त सवारी साधन अन्य प्रयोजनमा प्रयोग हुँदा नियमित यात्रुले समयमा सार्वजनिक सवारी सेवा नपाउने अवस्था आएको बताएको छ ।

साथै यसले सार्वजनिक सेवामा अव्यवस्था सिर्जना भएको जनगुनासो आएको समेत प्रहरीको भनाइ छ । प्रहरीले व्यवसायी, सवारी धनी, चालक र सहचालकलाई स्वीकृत रुट परमिट र कानुनको पूर्ण पालना गरी सर्वसाधारणलाई सहज, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात सेवा दिन समेत सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?