+
+
Shares

जाँड, आइएम जितबहादुर, रोल नम्बर १, लालीबजारले कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १४:५५

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्मको कमाइ सार्वजनिक गरेको छ । जसअनुसार, आइतबार मध्यरातसम्मको हिसाब हेर्दा घरेलु बक्सअफिसमा रमेश उप्रेती स्टारर ‘जाँड’ को कमाइ खराब देखिन्छ ।

यो फिल्मले १ लाख १६ हजार रुपैयाँ ग्रस कमाउँदा यसलाई ५६९ जना दर्शकले मात्र हेरेका छन् ।

‘आइएम जितबहादुर’ ले ३१ लाख ३६ हजार रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यसलाई ९ हजार ७४२ जनाले हेरेका छन् ।

‘रोल नम्बर १’ ले १ करोड ७४ लाख ८५ हजार ६५८ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई ६९ हजार १६६ जनाले हेरेका छन् । ‘लालीबजार’ले ९ करोड ३२ लाख रुपैयाँ ग्रस कमाएको छ ।

यम थापा निर्देशित फिल्मलाई सोही अवधिसम्म ३ लाख १७ हजार जनाले हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?