२२ असार, काठमाडौं । रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले सुकुमवासीहरूलाई व्यवस्थापन बिनै उठिबास लगाएकोमा आपत्ति जनाएकी छन् ।
जनजीविकाका सवालमा सरकारले गरेका काममा चुपचाप बसिरहेका रास्वपा नेताहरू भद्रगोल भएपछि अब मुख खोल्न थालेका हुन् । उनले रास्वपाले चुनावमा गरेको वाचापत्र यही हो भन्दै धितालले प्रश्न गरेकी छन् ।
‘आज सडकमा बगिरहेका सुकुमवासीका आँसुले हामी सबैलाइ पोल्नुपर्छ । सुकुमवासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो । तर, के यो हाम्रो वाचापत्र अनुसार भयो ? के अभिभावकीय राज्य यस्तै हुन्छ ?’ उनले समाजिक सञ्जालमा लेख्दै भनेकी छन्, ‘जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन । यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्यो ।’
प्रतिक्रिया 4