+
+
Shares

संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा तय हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १७:००

२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा निर्धारण गर्ने भएको छ । धितोपत्रको दोस्रो बजारमा कारोबार भएको मूल्यका आधारमा सेयर धितो कर्जा लिने हालको व्यवस्थालाई अब संस्थाको सबलता अनुसार दिने केन्द्रीय बैंकले जनाएको छ ।

हाल सेयरको प्रचलित बजार मूल्य वा १८० दिनको औसत मूल्य जुन कम हुन्छ त्यसकै आधारमा कर्जा दिने अभ्यास छ । बैंकहरूले यसरी कायम हुन आउने मूल्यको ७० प्रतिशतसम्म कर्जा दिने गरेका छन् ।

केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत कर्जाको सुरक्षण स्वरुप व्यक्तिगत जमानीबाट असिमित दायित्व सिर्जना हुने अवस्था हटाउने भएको छ ।

त्यसैगरी चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्ने व्यवस्था मौद्रिक नीतिमा छ । रुग्ण उद्योगमा रहेका निष्कृय कर्जाको व्यवस्थापन गर्न आवश्यक नीतिगत व्यवसथा गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्न र सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजीकरण हुने गरी विशेष नीतिगत व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?