+
+
Shares

सब डिभिजन वन कार्यालय सिरहाका प्रमुख घुस रकमसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १७:५२

२३ असार, जनकपुरधाम । सब डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले मंगलबार उनलाई १२ हजार रुपैयाँ घुससहित कर्जन्हा नगरपालिका ४ स्थितबाट नियन्त्रणमा लिएको हो ।

कर्जन्हा नगरपालिका–२ स्थित रहेको एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको काठको लागि उद्योगीसँग तीन ट्रक काठको चारचार हजारका दरले घुस लिएको अख्तियारले जनाएको छ ।

घुस मागेपछि सेवाग्राही अख्तियारमा पुगेका थिए । सोही अनुसार स्ट्रिङ अप्रेसन गरी आज नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?