+

विश्वकपमा सर्वाधिक असिस्टमा पनि मेसीको कीर्तिमान, लगातार ९ खेलमा गोल

२०८३ असार  २४ गते १:०२ २०८३ असार २४ गते १:०२

मेसीले विश्वकपमा सर्वाधिक असिस्ट गर्ने र ६ फरक विश्वकपमा असिस्ट गर्ने दुबै कीर्तिमान एकै खेलमा बनाए ।

२४ असार, काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा असिस्टमा पनि कीर्तिमान बनाएका छन् ।

पिफा विश्वकप २०२६ अन्तर्गत इजिप्ट विरुद्धको प्रिक्वाटरफाइनल खेलमा असिस्ट गरेपछि मेसीले एकै पटक दुई कीर्तिमान बनाएका हुन् ।

उनी फिफा विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बनेका छन् । यसअघि अर्जेन्टिनाका लेजेण्ड डिएगो म्याराडोना समान ८ असिस्ट गरेका मेसीले इजिप्ट विरुद्धको असिस्ट पछि सर्वाधिक असिस्ट गर्ने कीर्तिमान आपफ्नै नाममा लेखाए ।

साथै मेसीले लगातार ६ विश्वकपमा असिस्ट गर्ने कीर्तिमान पनि बनाएका छन् ।

सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले त्यसयता ६ विश्वकप खेल्दै सबैमा असिस्ट गरेका हुन् ।

जारी विश्वकपमा पहिलो असिस्टमै मेसीले दुई कीर्तिमान बनाएका हुन् । यसअघि उनले विश्वकपमा अधिकांश कीर्तिमान आफ्नो नाममा लेखाइसकेका छन् ।

इजिप्ट विरुद्ध ३-२ को पुनरागमन जितमा एक गोल समेत गरेका मेसीले लगातार खेलमा गोल गर्ने कीर्तिमान पनि बढाउँदे लगेका छन् । उनले यस विक्क्वकपमा खेलेको सबै ५ वटै खेलमा गोल गरेका छन् । उनी लगातार ९ खेलमा गोल गर्ने एक मात्र खेलाडी हुन् ।

मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने, सर्वाधिक विश्वकप खेल्ने खेलाडी समेत हुन् ।

मेसीले अहिलेसम्म ६ विश्वकप खेल्दा कूल ३१ खेल खेलिसकेका छन् । दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोले २६ खेल खेलेका छन् । मेसी र रोनाल्डोले मात्र सर्वाधिक ६ वटा विश्वकप खेलेका छन् । यस्तै मेसीले विश्वकपको नकआउट चरणमा सर्वाधिक १४ खेल खेल्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरेका छन् । अब क्वाटरफाइनल पुगिसकेकोले मेसीले उक्त कीर्तिमान पनि तोड्नेछन् ।

यस विश्वकपमा मेसीले गोल संख्या ८ पुर्‍याएका छन् र उनी सर्वाधिक गोल गर्नेमा पुन: शीर्ष स्थानमा उक्लेका छन् । मेसीसँग प्रतिस्पर्धामा रहेका प्रान्सका कप्तान किलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्डले समान ७ गोल गरेका छन् ।

मेसी दुई फरक विश्वकपमा ७ वा त्यो भन्दा धेरै गोल गर्ने समेत पहिलो खेलाडी बनेका छन् । सन् २०२२ मा कतारमा अर्जेन्टिनालाई विश्वकप जिताउँदा मेसीले ७ गोल गरेका थिए ।

यस्ते सबैभन्दा पाका उमेरमा ह्याट्रिक गर्ने, विश्वकपको समहु चरणदेखि सबै चरणको खेलमा गोल गर्ने, टिन एज, ट्वेन्टिज र थर्टिजमा गोल गर्ने, विश्वकपमा सर्वाधिक मिनेट खेल्ने देखि एक दर्जन भन्दा बढी कीर्तिमान मेसीले बनाइसकेका छन् ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय