२४ असार, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ । बुधबारको प्रदेशसा बैठकबाट आर्थिक वर्ष २०८३र८४ को बजेट पारित भएको हो । बजेट पारित गर्नका लागि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस संसदीय दलले आफ्ना सांसदका लागि पक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए ।
गत असार १ गते सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, सत्तापक्ष एमाले(कांग्रेसकै सांसदहरूले मन्त्रीका जिल्ला र क्षेत्रमा मात्र बजेट थुपारेको विरोध गरो भन्दै विरोध गरेका थिए ।
विरोधका कारण बजेटमाथिको छलफलसमेत प्रभावित भएको थियो । सत्तारुढ दलभित्र बजेट पारित गरेर मन्त्रिपरिषद्बाट सांसदको योजनालाई सम्बोधन गर्ने सहमति भएपछि बजेटमाथि छलफद अघि बढेको थियो । बुधबार बजेट संसोधनका लागि नेकपा सांसदले दर्ता गरेको खर्च कटौतीको प्रस्ताव भने फेल भएको थियो ।
प्रतिक्रिया 4