+
+
Shares

नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक संसदीय समितिमा पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १६:२९

२४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनका लागि गर्नुभएको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।

त्यसैगरी बैठकमा राष्ट्रिय सभामा उत्पतिभएको पर्यटन विधेयक, २०८२ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने संस्कृति, पर्यटन तथा  नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?