+
+
Shares

अखाद्य वस्तु बेच्ने ‘जिरे खुर्सानी दरबार’ लाई २ लाख बढी जरिबाना

विभाग टोलीले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न मासु पसल, फलफूल पसल तथा कोल्ड स्टोरमा पनि अनुगमन गरेको थियो । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १८:४७

२४ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अखाद्य वस्तु बिक्री गर्ने एक व्यावसायिक फर्मलाई २ लाख रुपैयाँभन्दा बढी जरिबाना तिराएको छ ।

विभागले बुधबार अनुगमन क्रममा भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा रहेको ‘जिरे खुर्सानी दरबार’ रेस्टुरेन्टलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

उक्त व्यवसायमा अखाद्य वस्तु भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर गरेको प्रमाणित भई सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम उक्त रकम जरिबाना तिराइएको विभागले जनाएको छ ।

यसैगरी विभागले काठमाडौं थापाथलीस्थित इन्डेक्स डिस्ट्रिब्युटर्स प्रालिलाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित ३ दिनभित्र बबरमहलस्थित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

त्यस्तै ताहाचलस्थित भिजन इन्टरनेसनल प्रालिलाई पनि व्यवसाय दर्ता प्रमाणपत्र र खरिद–बिक्री बिलसहित ३ दिनभित्र विभागमा हाजिर हुन निर्देशन दिइएको छ ।

विभाग टोलीले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न मासु पसल, फलफूल पसल तथा कोल्ड स्टोरमा पनि अनुगमन गरेको थियो । जसअन्तर्गत ७ वटा व्यवसायलाई सुधारका लागि सामान्य निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?