+

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

२०८३ असार  २५ गते १८:०३ २०८३ असार २५ गते १८:०३

समितिले उपकुलतिका लागि आवदेन माग गर्दै जेठ ४ गते सूचना प्रकाशन गरेको थियो ।

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

२५ असार, काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त भएका छन् । सिफारिस समितिले गरेको सिफारिस अनुसार प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकूलपति नियुक्त गरेका हुन् ।

जसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को उपकुलपतिमा डा. विवेक आचार्य नियुक्त भएका छन् । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. आचार्य न्याम्सको क्यान्सर विभागको प्रमुख रहेका थिए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलतिमा डा. सूर्यमान म्याहाङम्बो र‍ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन् ।

उपकुलपति नियुक्तिका लागि सरकारले छनोट तथा सिफारिस समिति गठन गरेको थियो । समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बनाएर आवश्यक प्रक्रिया अगाडि बढाएको थियो।

समितिले उपकुलतिका लागि आवदेन माग गर्दै जेठ ४ गते सूचना प्रकाशन गरेको थियो । उपकुलपतिका लागि ११३ जनाले आवेदन दिएका थिए। आवेदन दिएकाहरू मध्येबाट दरखास्तहरूको मूल्यांकन गरी अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि समितिले प्रत्येक प्रतिष्ठानमा ७ जनाको दरले ४२ जनाको प्रारम्भीक सूची सार्वजनिक गरेको थियो ।

उपकुलपति
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?

चिन्ता र डिप्रेसन : के छ यी दुईबीचको फरक ?

चिन्ता र डिप्रेसन : के छ यी दुईबीचको फरक ?

बढ्दो क्यान्सर, न्युन उपचार र नियन्त्रणमा बेवास्ता

बढ्दो क्यान्सर, न्युन उपचार र नियन्त्रणमा बेवास्ता

मानसिक स्वास्थ्यबारे युवाहरूको मौनता : समाजको एक चुनौती

मानसिक स्वास्थ्यबारे युवाहरूको मौनता : समाजको एक चुनौती

हृदय समस्या : ट्राइग्लिसराइड र कोलेस्टेरोल एउटै हो ?

हृदय समस्या : ट्राइग्लिसराइड र कोलेस्टेरोल एउटै हो ?