+
+
Shares

कांग्रेस सांसदको जिकिर– १० हजार जरिवानापछि तनावले त्रिपुरेश्वरमा आत्मदाह प्रयास

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १८:४५

२५ असार, काठमाडौं । काठमाडौंको राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका युवकको विषय संसद् बैठकमा पनि उठेको छ ।

नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले बिहीबारको बैठकमा मुगुका २२ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासको विषय उठाउँदै दोषीमाथि कारबाहीको माग गरेका हुन् ।

सांसद शाहीकाअनुसार, मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर ११ का नेपाली राहदानी बनाउन बिहान ११ बजे विभाग पुगेका थिए ।

‘मोटरसाइकल पार्किङ गरेकै भरमा निजको बाइक ताला लगाइदिएको र १० हजार जरिवाना गरेको विषयबाट मानसिक तनावमा परी आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्,’ उनले संसद् बैठकमा भने ।

घटनामा नेपालीको शरीर करिब ९० प्रतिशत जलेको र हाल उनको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा अचेत अवस्थामा उपचार भइरहेको पनि उनले जानकारी गराए ।

‘कुनैपनि जरिवाना वा प्रशासकीय कारबाही नागरिकको जीवनभन्दा ठूलो हुन सक्दैन । कानुनको कार्यान्वयन आवश्यक छ, तर मानवीय संवेदनशीलतालाई बुझ्नुपर्छ । निजलाई आत्मदाहको अवस्थासम्म पुर्‍याउने दोषीमाथि कारबाही गरियोस् र यस्ता हृदयविदारक घटना दोहोरिन नदिन प्रभावकारी कदम चालियोस् ।’

सांसद शाहीले हाल सरकारले जरिवानाका नाममा जथाभावी रकम असुल गरिरहेको आरोप लगाउँदै यसले नागरिकमा चरम निराशा पैदा गरेको बताए ।

उनले यस्ता प्रतिनिधि घटनाहरूले भोलि अझ भयावह रूप लिन सक्ने भन्दै अविलम्ब जरिवानाको दर घटाउन र सर्वसाधारणलाई शिरोधार्य गरेर न्यायपूर्ण व्यवस्था लागू गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?