२६ असार, काठमाडौं । धोबीखोलामा हामफालेर ज्यान गुमाएकी महिलाको परिचय खुल्न सकेको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार मृत फेला परेकी ती महिलाको अझै सनाखत हुन नसकेको हो । बिहीबार दिउँसो कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकी थिइन् ।
खोजीको क्रममा ती महिला मृत अवस्थामा बल्खु–कुमारी क्लबस्थित खोलामा भेटिएकी थिइन् । अन्दाजी ३५ वर्ष जतिकी ती महिलाको अहिलेसम्म परिचय खुल्न सकेको छैन ।
सेतो टिसर्ट लगाएकी र कम्मरमा पिंक कलरको ज्याकेट बाँधेर ती महिलाले हामफालेकी थिइन् । खोलामा हामफाल्नुको कारण पनि खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4