+
+
Shares

क्राइमियामा युक्रेनको आक्रमण तीव्र, २५ जहाजमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युक्रेनले क्राइमिया जोड्ने समुद्री आपूर्ति मार्गहरूलाई निशाना बनाउँदै 'लजिस्टिक लकडाउन' नामक नयाँ सैन्य अभियान तीव्र पारेको छ।
  • युक्रेनी ड्रोन कमाण्डर रोबर्ट ब्रोवदीले चार दिनमा आजोभ सागरमा रुसी स्वामित्वका २५ जहाजमा क्षति पुर्‍याइएको र तिनमा आगो लागेको बताएका छन्।
  • युक्रेनी सेनाले अहिलेसम्म ३६ वटा रुसी जहाजहरूलाई निशाना बनाएको दाबी गरेको छ, जसले रुसको नौसैनिक क्षमता र इन्धन आपूर्ति प्रणालीमा गम्भीर असर पुर्‍याएको छ।

युक्रेनको सेनाले रुसको कब्जामा रहेको क्राइमिया वरपर आफ्नो आक्रमण तीव्र बनाएको छ। क्राइमियालाई रुससँग जोड्ने बाटोमा आक्रमण गरेपछि युक्रेनले अहिले समुद्री आपूर्ति मार्गलाई पनि निशाना बनाइरहेको छ।

युक्रेनको ड्रोन फोर्सका कमाण्डर रोबर्ट ब्रोवदीले पछिल्लो चार दिनमा आजोभ सागरमा कम्तीमा २५ वटा जहाजलाई निशाना बनाइएको र त्यसमा आगो लागेको बताएका छन्। आजोभ सी केर्चको माध्यमबाट ब्ल्याक सीसँग जोडिएको छ।

यति छोटो समयमा भएको यो क्षति रुसको नौसैनिक क्षमताका लागि ठूलो धक्का मानिएको छ। यसले राष्ट्रपति भ्लादिमिर पुटिनको इन्धनको आपूर्ति कायम राख्ने दाबीमा पनि असर पार्न सक्छ।

यी आक्रमणहरूलाई युक्रेनको अभियानको नयाँ चरण मानिएको छ। युक्रेनले यो अभियानलाई लजिस्टिक लकडाउन नाम दिएको छ। यस अभियानको उद्देश्य रुसको कब्जामा रहेको क्राइमियासँग जोडिएका आपूर्ति र यातायात मार्गहरू बन्द गर्नु हो।

युक्रेनको सेनाले अहिलेसम्म ३६ वटा जहाजलाई निशाना बनाएको दाबी गरेको छ। यीमध्ये धेरैजसो रुसको स्याडो फ्लीटको हिस्सा हुन् जसमा व्यावसायिक तेल ट्याङ्करहरू सामेल छन्। जहाजहरूको सही संख्या भने स्पष्ट छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?