+
+
Shares

सरकारलाई रक्षाको सुझाव– देश बनाउनुअघि देश बुझ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अगुवा जेनजी अभियन्ता रक्षा बमले 'देश बनाउनुअघि देश बुझ्न' सरकारलाई सुझाव दिएकी छिन्।
  • उनले आन्दोलनमा घाइते भएका गणेश नेपालीको आत्मदाह प्रयासप्रति दुःख व्यक्त गर्दै सत्ताधारीहरूलाई कडा प्रश्न गरेकी छन्।
  • बमले गरीब जनताको आर्थिक अवस्था नबुझी चर्को ट्राफिक जरिवाना लगाउने सरकारी कदमको कडा आलोचना गरेकी छन्।

२६ असार, काठमाडौं । अगुवा जेनजी अभियन्ता रक्षा बमले सरकारलाई ‘देश बनाउनुअघि देश बुझ्न’ सुझाव दिएकी छन्। पछिल्लो समय भुइँतहका मानिसहरूले भोग्नुपरेको पीडा र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो आक्रोश पोखेकी हुन्।

जेनजी आन्दोलनका क्रममा सामान्य घाइते भएका युवा गणेश नेपालीले विहीबार गरेको आत्मदाह प्रयासको प्रसङ्ग उल्लेख गर्दै रक्षाले भनिन्, ‘गणेश नेपाली जेनजी आन्दोलनमा सहभागी थिए। आन्दोलनका क्रममा उनको हातमा सामान्य चोट पनि लागेको रहेछ। उनी त्यही आन्दोलनकारी हुन्, जो आफू बाँच्न लायक देश होस् भनेर त्यो दिन सडकमा ओर्लिएका थिए।’

आन्दोलनकै जगमा सत्तामा पुगेकाहरूले अहिले ती घाइते र सङ्घर्षशील युवाहरूलाई बिर्सिएको आरोप उनले लगाएकी छन्। ‘आज त्यही सङ्घर्षका कारण तिमीहरू सत्ता र शक्तिमा छौ, तर ऊ तिमीहरूको शासनमा अस्पतालको शय्यामा मृत्यु र जीवनबीच जुधिरहेको छ,’ उनले सत्ताधारीहरूलाई प्रश्न गरेकी छन्।

दुईतिहाइ बहुमतको अहङ्कारमा सरकारले जनतामाथि त्रास फैलाउने काम मात्र गरेको बमको तर्क छ। दुईतिहाइको मातले जे पनि गर्न सकिन्छ भन्ने सोचेर सरकारले भुइँतहका मानिसहरूमाथि त्रासमाथि त्रास थोपर्दै आइरहेको उनले उल्लेख गरेकी छन्।

पछिल्लो समय सरकारले ल्याउन लागेको ठूलो राशिको ट्राफिक जरिवानाको प्रसङ्गलाई जोड्दै रक्षाले थपिन्, ‘ट्राफिक नियम उल्लङ्घन गर्दा हजारौँ/लाखौँ जरिवाना तिर्नुपर्ने व्यवस्था तिमीहरूले आफ्नै आर्थिक हैसियतअनुसार ल्याउँदै छौ। तर तिमीहरूलाई याद रहोस्, यो देश १,००० रुपैयाँ जरिवाना तिर्न नसकेर आत्मदाह गर्न बाध्य हुने मानिसहरूको देश हो।’

नेपालको वास्तविक धरातल र गरिब जनताको अवस्था नबुझीकन नीति नियमहरू ल्याइएको भन्दै उनले ‘देश बनाउँछु’ भन्दै कुर्सीमा पुगेकाहरूले सुरुमा देशको वास्तविकता बुझ्नुपर्नेमा जोड दिएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?