+
+
Shares

गणेश नेपालीको मृत्युमा खगेन्द्र सुनार मौन रहेको भन्दै संसद्‍मै उठ्यो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार मौन बसेको भन्दै एमाले सांसद एशुदा बरालले संसद्‍मा प्रश्न उठाएकी छन् ।
  • महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि बिहीबार आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको छ ।
  • प्रमुख प्रतिपक्षी दललगायत अन्य विपक्षी दलहरूले गणेश नेपालीको मृत्युको घटनालाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

२६ असार, काठमाडौं । गणेश नेपालीको मृत्युका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार मौन रहेको भन्दै संसद्‍मै प्रश्न उठेको छ ।

नेकपा एमालेकी सांसद एशुदा बरालले सुनारको नाम त लिएनन् । तर उनलाई सम्झिएर उनको धारणा खोजेकी हुन् ।

‘हिजो हातमा साङ्ला लगाएर दलितका मुद्दा उठाउने माननीयज्यू आज यहीँ हुनुहुन्छ । उहाँको हात चलेन की एउटा स्टाटस लेख्न,’ उनले भनिन्, ‘गणेश नेपाली मर्दाखेरि, आत्मदाह गर्दाखेरि उहाँले किन देख्नुभएन ?’

कि आफ्नो राज्य हुँदा मौन बस्ने हो भनेर उनले प्रश्न गरिन् ।

मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शुक्रबार मृत्यु भएको छ ।

भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि बिहीबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।

यो विषयमा संसद्मा अन्य विपक्षी दलहरूले पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?