News Summary
Generated by OK AI. Editorially reviewed.- मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ ।
- सांसद विष्णुबहादुर खड्काले आफ्नो तीन दिनको तलब गणेश नेपालीको परिवारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
- महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरेपछि गणेशले बिहीबार त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए ।
२६ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद विष्णु बहादुर खड्काले गणेश नेपालीको परिवारलाई ३ दिनको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।
‘सानो भए पनि मेरो सदनमा पाउने जुन सुविधा छ त्यो सुविधाबाट ३ दिनको सहयोग गर्न चाहन्छु,’ उनले भने ।
मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।
करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शुक्रबार मृत्यु भएको छ ।
भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि उनले आत्मदाहको प्रयास गरेका थिए ।
शनिवार उनको निधन भएको छ ।
यो विषयमा संसद्मा अन्य सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्रतिक्रिया 4