+
+
Shares

राष्ट्रिय सभा बैठकमा मागियो प्रधानमन्त्री बालेनको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले गणेश नेपालीको मृत्युको जिम्मेवारी लिँदै प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।
  • सांसद विश्वकर्माले आगोमा जलिरहेका नेपालीलाई घिसारेर लैजाने प्रहरीमाथि कडा कारबाहीको माग गर्दै सरकारको क्रुरताको विरोध गरेका छन् ।
  • उनले सरकारसँग नैतिकता छ भने बालेन शाहले तुरुन्त राजीनामा दिएर सडकमा आउनुपर्ने भन्दै कडा टिप्पणी गरेका छन् ।

२६ असार, काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद समेत रहेका उनले सरकारका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

‘जलिरहेको मान्छेलाई घिसारेर, अपराधी झैं घिसारेर हस्पिटल पुर्‍याइन्छ । त्यहाँ भएका पुलिसहरू गणेश नेपाली आगोमा जलिरहँदा भाग्छन्,’ सांसद विश्वकर्माले भने, ‘र, उसलाई अपराधी झैं घिसारेर लग्छन् । ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीलाई कडाभन्दा कडा कारबाही गरियोस् । बालेन सरकार राजीनामा दे ।’

उनले बालेन सरकारको क्रुरताका कारण मुगुका गणेश नेपालीले आगोमा जल्नु परेको पनि जिकिर गरे ।

‘आगोमा जलिरहेको मान्छेलाई घिसारेर अस्पताल पुर्‍याइन्छ । यो क्रुर सरकार जसले गणेश नेपालीलाई मर्न बाध्य बनायो । गणेश नेपालीको मृत्यु भइसकेको छ,’ उनले भने, ‘यो क्रुर सरकारले कुर्सीमा टाँसी रहनु उचित हो कि होइन ? यदि, नैतिकता छ भने बालेन सरकारले तुरून्त राजीनामा गरेर सडकमा आओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?