२६ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले बढ्दो सडक दुर्घटनाको कारण खोज्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै पुनले भने, ‘सवारी साधनको अवस्था, यात्रुको संख्या, चालकको लापरवाही, प्रशासनिक कमजोरी वा के कारणले दुर्घटना भइरहेको हो सरकारले छानविन गर्नुपर्दछ।’
आफ्नो गृह जिल्ला रोल्पाको तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘मेरो जिल्ला रोल्पामा गत वर्ष १७ जनाको ज्यान गएकोमा यो वर्ष ३८ जनाको मृत्यु भइसकेको छ।’
पछिल्लो २० वर्षमा सडक दुर्घटनाबाट ४० हजार भन्दाबढीको ज्यान गइसकेको छ। नेपाल विश्वमै सबैभन्दा बढी दुर्घटना हुने १० देशभित्र पर्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4