+
+
Shares

सांसद चन्द्र मोहनले गरे गणेश नेपालीप्रति श्रद्धाञ्जली दिँदै संसद्‌मै मौनधारण

शुक्रबार प्रतिनिधिसभामा सभामुखसँग समय लिएर उनले भावुक क्षणमा आफू बोल्न नउभिएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार निधन भएको छ ।
  • राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको थियो ।
  • कांग्रेस सांसद चन्द्रमोहन यादवले प्रतिनिधिसभा बैठकमा मौनधारण गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले गणेश नेपालीप्रति श्रद्धान्जली दिँदै संसद्मै एक मिनेट मौनधारण गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा सभामुखसँग समय लिएर उनले भावुक क्षणमा आफू बोल्न नउभिएको बताए ।

‘मुगुका युवा गणेश नेपालीको निधनप्रति हार्दिक श्रद्धान्जिली व्यक्त गर्न चाहन्छु । आज यो देशका सम्पुर्ण युवाको लागि जो निराशाजनक परिस्थिति उब्जेको छ । त्यसप्रति म आफ्नो मौन धारण गरेर विरोध जनाउन चाहन्छु ‘ उनले भने ।

यत्ति भनेर उनले मौन धारण गरेका हुन् । मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शुक्रबार मृत्यु भएको छ ।

भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि उनले आत्मदाहको प्रयास गरेका थिए ।

शुक्रबार उनको निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?