+
+
Shares

पर्यटन बोर्डद्वारा ‘वेलनेस रिल प्रतियोगिता २०२६’ का विजेता घोषणा

नेपालको विविध वेलनेस पर्यटनका आयामलाई सिर्जनात्मक भिडियो मार्फत विश्वसामु प्रवर्द्धन गर्ने उद्देश्य प्रतियोगिताको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले ‘वेलनेस रिल प्रतियोगिता २०२६’ का विजेता घोषणा गरेको छ ।
  • सातै प्रदेशबाट छानिएका विजेतालाई जनही ७५ हजार र जुरी अवार्ड विजेतालाई २५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
  • बोर्डका निमित्त कार्यकारी प्रमुख हिकमतसिंह ऐरले यस प्रतियोगिताले नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावनालाई सुदृढ बनाएको बताए ।

२६ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले ‘वेलनेस रिल प्रतियोगिता २०२६’ का विजेता घोषणा गरेको छ ।

नेपालको विविध वेलनेस पर्यटनका आयामलाई सिर्जनात्मक भिडियो मार्फत विश्वसामु प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले देशभरिका सर्जकबाट उत्साहजनक सहभागिता प्राप्त गरेको छ ।

प्रतियोगितामा १ सय ११ प्रतिस्पर्धीले योग, ध्यान, आयुर्वेद, आध्यात्मिक साधना, प्राकृतिक उपचार, वेलनेस रिसोर्ट तथा समग्र स्वस्थ जीवनशैलीसँग सम्बन्धित नेपालको विशिष्ट वेलनेस अनुभव समेटिएका मौलिक रिल भिडियो पेस गरेका थिए ।

प्रतियोगितामा प्राप्त भिडियोको मूल्यांकन चलचित्र निर्देशक मिनबहादुर भाम तथा वेलनेस विज्ञ शोभिता सिम्खडा सम्मिलित निर्णायक मण्डलद्वारा गरिएको थियो ।

प्रतियोगिताका सम्पूर्ण भिडियो विषयवस्तु, सन्देश, प्रभाव तथा आकर्षण, सौन्दर्य एवं कथा प्रस्तुति, तथा प्राविधिक गुणस्तर लगायत मूल्यांकन मापदण्डका आधारमा निष्पक्ष रूपमा मूल्यांकन गरिएको थियो ।

निर्णायक मण्डलको सर्वसम्मत निर्णय अनुसार कोशी प्रदेशबाट मिनाकुमारी राउत, मधेसबाट सुमित्रा आचार्य, बागमतीबाट एरिक नाकर्मी, गण्डकीबाट रोशन ढकाल, लुम्बिनीबाट भास्कर महर्जन, कर्णालीबाट सन्तोष बुढा तथा सुदूरपश्चिम प्रदेशबाट हिमालय भट्ट विजेता घोषित भएका छन् ।  प्रत्येक प्रदेश विजेतालाई ७५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

त्यसैगरी उत्कृष्ट सिर्जनात्मक प्रस्तुतिका लागि आशा पौडेललाई जुरी अवार्ड प्रदान गरिएको छ । उक्त अवार्ड अन्तर्गत २५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी रणजित श्रेष्ठ, कैलाश कार्की, घुमन्ते बुढाबुढी, किरण अधिकारी तथा आश्रितलाई उत्कृष्ट सिर्जनात्मक प्रस्तुति र प्रभावकारी कथावाचनका लागि विशेष सम्मान प्रदान गरिएको छ ।

विजेता तथा सम्पूर्ण सहभागीलाई बधाई दिँदै पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिकमतसिंह ऐरले वेलनेस रिल प्रतियोगितामा प्राप्त उत्साहजनक सहभागिता र सिर्जनशीलताले नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावनालाई अझ सुदृढ बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?