+
+
Shares

चितवनमा सबैभन्दा बढी सवारी दुर्घटना साउनमा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते ९:०८

५ साउन, चितवन । चितवनमा सबैभन्दा बढी दुर्घटना साउन महिनामा भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०८२/०८३ मा साउनमा सबैभन्दा बढी ७० वटा सवारी दुर्घटनाका घटना भएका छन् ।

साउनमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । बढी सवारी दुर्घटना साउनमा भए पनि मानवीय क्षति भने फागुनमा १४, चैतमा १३, कार्तिकमा १२ जनाको मृत्यु भएको छ ।

साउन पछि सबैभन्दा बढी असोजमा ६७ र मंसिरमा ६४ र पुसमा ५३ वटा सवारी दुर्घटनाका घटना भएका छन् । बर्खाको समय भएका कारणले सवारी चिप्लिने, भनेको ठाउँमा ब्रेक नलाग्ने जस्ता कारणले साउनमा बढी सवारी दुर्घटना हुने गरेको हो ।

सबैभन्दा बढी सवारी दुर्घटना साँझ

जिल्लामा हुने सवारी दुर्घटना मध्ये अधिकांश साँझमा हुने गरेको पाइएको छ । गत आर्थिक बर्ष २०८२/०८३ मा साँझ ६ बजेदेखि राती १२ बजेसम्म २१४ वटा सवारी दुर्घटना भएका छन् ।

दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म १५६ र विहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म १२४ वटा सवारी दुर्घटना भएको पाइएको छ । राति १२ बजेदेखि विहान ६ बजेसम्म जम्मा ५१ सवारी दुर्घटना भएको पाइएको छ ।

साँझको समयमा सडकमा सवारी चाप अधिक हुने साथैं, सवारी लाइट र सडकको लाइट पनि क्लियर नदिने समय भएका कारणले बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?