+
+
Shares

साकारले हटाए सांगीतिक नाम ‘लिलबुद्ध’, भन्छन्- बुद्ध लेख्दा धर्मसँग जोडिएर भ्रम सिर्जना भयो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १२:५३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपहप गायक साकार अधिकारीले आफ्नो सांगीतिक नाम ‘लिल बुद्ध’ परिवर्तन गरी अब ‘साकार’ को रूपमा चिनिने घोषणा गरेका छन् ।
  • उनले अन्तर्राष्ट्रिय दर्शकमाझ बुद्ध शब्दले सिर्जना गर्ने भ्रम र यमबुद्धको नामबारे भएको आलोचनाका कारण नाम परिवर्तन गरेको स्पष्ट पारेका छन् ।
  • साकारले र्‍यापरको छविभन्दा बाहिर निस्किएर संगीत, कला र डिजाइनका क्षेत्रमा नयाँ पहिचान बनाउने आफ्नो उद्देश्य रहेको उल्लेख गरेका छन् ।

काठमाडौं । नेपहप गायक साकार अधिकारीले आफ्नो सांगीतिक नाम परिवर्तन गरेको घोषणा गरेका छन् । संक्षिप्त विज्ञप्ति जारी गर्दै उनले आफूलाई सबैले चिन्दै आएको नाम ‘लिल बुद्ध’ हटाएको जनाएका हुन् ।

साकारको नामबाट आफू सांगीतिक क्षेत्रमा चिनिन चाहेको उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले नाम बदल्नु पर्नाका दुई कारण पेश गरेका छन् ।

पहिलो- अन्तराष्ट्रिय दर्शकमाझ जाँदा बुद्ध शब्दले धर्म र आध्यात्मिकतासँग जोडिएर अनावश्यक भ्रम सिर्जना गर्ने भएकाले नाम बदल्नुपरेको उनले बताएका छन् । अर्को कारण, दिवंगत र्‍यापर यमबुद्धको नाम गलतरुपमा प्रयोग गरेको भन्ने आलोचना हुनु हो ।

दोस्रो कारणबारे उनी भन्छन्- धेरैले मलाई यमबुद्धको नाम गलतरुपमा प्रयोग गरेको पनि भने । मेरो उद्देश्य सँधै उहाँको सम्मान र उहाँको विरासतलाई अघि बढाउनु मात्र थियो । यो परिवर्तनले त्यो अध्यायलाई सम्मानपूर्वक बन्द गर्छ भन्ने विश्वास छ ।’

अब आफू संगीतसँगै कला, डिजाइन र अन्य सिर्जनात्मक काममा अघि बढ्न चाहेको उनको भनाइ छ । ‘लिल बुद्ध भन्ने नाम मेरो र्‍यापरको छविसँग जोडिएको धेरै महसुस हुन्छ’ उनी भन्छन्, ‘अब म त्यस सीमाभन्दा बाहिर निस्किएर अझ ठूलो र विविध पहिचान निर्माण गर्न चाहन्छु ।’

उनले अब लिल बुद्ध आधिकारिक कलाकारको नाम नरहने बताएका छन् । ‘मेरो करिअरका सबैभन्दा ठूला प्रोजेक्टहरू अब आउँदैछन्’ साकार लेख्छन्, ‘हाम्रो यात्राको सबैभन्दा रोमाञ्चक अध्याय आजबाट सुरु हुँदैछ । अबदेखि साकारको रुपमा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?