News Summary
Generated by OK AI. Editorially reviewed.- दिल्लीमा भइरहेको विद्यार्थी आन्दोलनको समर्थनमा भारतको पटनामा अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनको आह्वानमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
- प्रहरीले पटनाको जेपी गोलम्बरनजिकै प्रदर्शनकारीलाई रोक्न अश्रुग्यासका गोला र वाटर क्यानन प्रयोग गरेको छ।
- प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा केही सञ्चारकर्मीसहित प्रदर्शनकारीहरू घाइते भएका छन्।
६ साउन, काठमाडौं । दिल्लीमा भइरहेको विद्यार्थी प्रदर्शनको समर्थनमा बुधबार बिहारको राजधानी पटनामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
यो प्रदर्शन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) को आह्वानमा भएको हो। यस प्रदर्शनमा आइसाबाहेक अन्य विद्यार्थी सङ्गठनका विद्यार्थीहरू पनि सहभागी भएका थिए।
प्रदर्शनकारीहरूको मार्च पटनाको गान्धी मैदानको गेट नम्बर १० बाट सुरु भएको थियो। उनीहरू राजभवनसम्म जान चाहन्थे। प्रहरीले गान्धी मैदानस्थित जेपी गोलम्बरनजिकै विद्यार्थीहरूलाई रोकेको थियो । प्रहरीले प्रदर्शनकारीहरूमाथि वाटर क्यानन प्रयोग गरेको थियो ।

बीबीसीका भिडियो पत्रकार शाहनवाज अहमदका अनुसार प्रहरीले अश्रुग्यासका दुई गोला हानेको थियो। यस क्रममा प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुङ्गा हानेको आरोप छ।
प्रहरीको कारबाहीका बाबजुद प्रदर्शनकारीहरू जेपी गोलम्बरमा रोकिएनन्। उनीहरू अगाडि बढ्दै डाक बङ्गला चौराहासम्म पुगेका थिए ।
यस क्रममा विद्यार्थीहरूले लगातार नारा लगाएका थिए। उनीहरूले ‘गोदी मिडिया गो ब्याक’ भन्दै नारा लगाएका थिए।
प्रदर्शनका क्रममा धेरै सञ्चारकर्मी घाइते पनि घाइते भएका छन् ।
प्रतिक्रिया 4