+
+
Shares

विशेष महाधिवेशनमा नगएकाहरू दास र लास होइनन् : एनपी साउद

काठमाडौंको प्रज्ञा भवनमा आयोजित सभामा बोल्ने क्रममा उनले भने, ‘त्यसकारण म विशेष महाधिवेशनबाट नेतृत्वमा गएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, यहाँ उपस्थित साथीहरू दास र लास होइनन् । यी भरोसा र विश्वास हुन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीभित्रको एकताका लागि नेतृत्वलाई विशेष पहल गर्न आग्रह गर्नुभएको छ ।
  • बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा उहाँले पार्टीका साथीहरू दास नभई पार्टीको भरोसा र विश्वास भएको बताउनुभयो ।
  • साउदले पार्टीको आन्तरिक विवाद समाधान गरी सबै पक्ष एकजुट भएर अघि नबढेसम्म कांग्रेस स्थापित हुन नसक्ने दाबी गर्नुभयो ।

७ साउन, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता एनपी साउदले पार्टीमा संघर्ष गरेका नेताहरू आफूहरूको पक्षमा रहेको बताएका छन् ।

उनले अहिले पार्टी स्पष्ट नभएको भन्दै विभाजित अवस्थामा रहेको बताए । एकताको पक्षमा लाग्नका लागि नेतृत्वमा भएकाहरूलाई उनले आग्रह गरे ।

बीपी कोइरालाको ४४ औं स्मृतिमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘आज ८० प्रतिशत मान्छे जेल गएको, दु:ख पाएको, पार्टीको लाठी खाएको, पार्टीका लागि भविष्यका लागि पनि संघर्ष गर्ने साथीहरू यहाँ उपस्थित हुनुहुन्छ,’ काठमाडौंको प्रज्ञा भवनमा आयोजित सभामा बोल्ने क्रममा उनले भने, ‘त्यसकारण म विशेष महाधिवेशनबाट नेतृत्वमा गएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, यहाँ उपस्थित साथीहरू दास र लास होइनन् । यी भरोसा र विश्वास हुन् ।’

उनले हलमा उपस्थित भएका कार्यकर्ताहरू  नेपाली कांग्रेसका विचार र सिद्धान्तका भरोसा र विश्वास भएको जिकिर गरे ।

‘जबसम्म तपाईंहरू सच्चिएर सबै मिलेर मात्रै लडाईं जित्न सकिन्छ भन्ने मान्यता अघि बढाउन सक्नुहुन्न, तबसम्म नेपाली कांग्रेस स्थापित हुन सक्दैन,’ साउदले भनेका छन्, ‘विशेष महाधिवेशनमा गएको र नगएको पक्षबीच एकताका लागि पहल गर्न सक्नुहुन्नँ, तबसम्म नेपाली कांग्रेसमा जोखिम छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?