+
+
Shares

गणेश नेपालीको आत्मदाहबारे सत्यतथ्य पत्ता लगाउन सरकारले बनायो न्यायिक समिति

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरी ज्यान गुमाएका गणेश नेपालीको घटनाको छानबिन गर्न न्यायिक समिति गठन गरेको छ ।
  • मन्त्रिपरिषद्को निर्णय अनुसार उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गरिएको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
  • मुगुका २५ वर्षीय नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको घटनाको सत्यतथ्य पत्ता लगाउन उक्त समिति गठन गरिएको हो ।

६ साउन, काठमाडौं । सरकारले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेर ज्यान गुमाएका गणेश नेपालीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायिक समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गरिएको हो ।

आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?