६ साउन, काठमाडौं । थापागाउँस्थित एक थिएटर नेपालमा मुन्धुममा आधारित नाटक ‘केसामी नाक्सामी’ मञ्चन हुने भएको छ । अनिल सुब्बाको परिकल्पना र निर्देशन रहेको यो नाटक थिएटरको अर्को प्रस्तुतीको रूपमा मञ्चन हुने भएको हो ।
यो नाटकमा मौलिक संस्कृति, इतिहास, प्रकृतिसँगको सम्बन्ध, मानवीय संवेदना र पहिचानका विविध आयामलाई स्पर्श गर्ने प्रयास रहेको निर्देशक सुब्बाले बताए । उनका अनुसार यो नाटक पुस्तौंदेखि मौखिक परम्परामा जीवित रहँदै आएको मुन्धुमको ज्ञान, जीवनदर्शन र सांस्कृतिक स्मृतिलाई आधुनिक रंगभाषामार्फत प्रस्तुत गर्ने सिर्जनात्मक प्रयास पनि हो ।
१८ साउनेदेखि भदौ १३ गतेसम्म यो नाटक मञ्चन हुनेछ । हाल यस थिएटरमा ‘जिउँदो आकाश’ मञ्चन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4