६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद र अहिले चर्चामा आएको सामाजिक लोकतन्त्र एउटै नभएको टिप्पणी गरेका छन् । बुधबार प्रज्ञा भवनमा बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।
‘नेपाली कांग्रेस भाग २ भनिएको छ । २.० भनिएको छ । त्यो भनेको के हो ? तपाईँहरूले कहिल्यै बुझ्न खोज्नुभयो ?,’ कोइरालाले प्रश्न गरे, ‘सभापति(गगन थापा)जीले आफ्नो विशेष अधिवेशनमा, आफ्नो भाषणमा सामाजिक लोकतन्त्रको कुरा गर्नुभएको छ, बीपीको विचार प्रजातान्त्रिक समाजवाद हो, के नेपाली कांग्रेसले बीपीको विचार थाँती राखेको हो ?’
प्रजातान्त्रिक समाजवाद र सामाजिक लोकतन्त्र सुन्दा उस्ताउस्तै सुनिएपनि फरक रहेको उनले बताए ।
कांग्रेसले प्रजातान्त्रिक समाजवाद कहिल्यै छाड्न नसक्ने उनले बताए ।
कोइरालाभन्दा अगाडि सम्बोधन गरेका पूर्वउपसभापति बिमलेन्द्र निधिले पनि कांग्रेसले प्रजातान्त्रिक समाजवाद छाडेर सामाजिक लोकतन्त्रमा गए पश्चगमन हुने टिप्पणी गरेका थिए ।
प्रतिक्रिया 4