News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाल समूह 'ए' मा परेको छ ।
- समूह 'ए' मा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन् ।
- हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ ।
७ साउन, काठमाडौं । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने भएको छ ।
बिहीबार सम्पन्न ‘ड्र’ बाट नेपालले खेल्ने प्रतिद्वन्द्वीको टुङ्गो लागेको हो । समूह ‘ए’ मा नेपालसँगै अफगानिस्तान र जापान परेका हुन् ।
समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान परेका छन् । भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सोझै क्वाटरफाइनल खेल्ने छन् ।
हरेक समूहबाट शीर्ष २ टोली पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
नेपालले यसअघि सन् २०२२ मा चीनमा भएको एसियन गेम्समा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसबेला नेपाल भारतसँग पराजित भएको थियो ।
यसपटक नेपालले सिंगापुरमा भएको एसियन गेम्स छनोटमा अपराजित रहेर एसियन गेम्समा स्थान बनाएको थियो ।
प्रतिक्रिया 4