+
+
Shares

सुनचाँदीको भाउ सामान्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते ११:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
  • चाँदीको मूल्यमा पनि प्रतितोला २५ रुपैयाँले वृद्धि भई आज ४ हजार ५०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
  • गत बिहीबारको तुलनामा सुन र चाँदी दुवैको मूल्यमा निरन्तर वृद्धि देखिएको छ ।

७ साउन, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार रुपैयाँ थियो । गत बिहीबार सुनको भाउ २ लाख ८५ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४८० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०५ रुपैयाँ पुगेको छ। गत बिहीबार चाँदीको भाउ ४ हजार ३२५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?