+
+
Shares

अब विश्वविद्यालयमा राजनीतिक दबाब आउँदैन : मन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागबन्डाको सट्टा मेरिटोक्रेसीको आधारमा नियुक्ति गरिने बताए।
  • त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसमा मन्त्री पोखरेलले विश्वविद्यालयमा राजनीतिक दबाब अन्त्य गर्ने प्रतिबद्धता जनाए।
  • मन्त्री पोखरेलले विश्वविद्यालयको सम्पत्ति फिर्ता ल्याउन नेतृत्वलाई निर्देशन दिँदै शैक्षिक सुधारका लागि अन्तर्राष्ट्रिय स्तरको नीति ल्याउने बताए।

७ साउन, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागबन्डाको आधारमा नभइ मेरिटोक्रेसीबाट नियुक्ति हुने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसको अवसरमा सम्बोधन गर्दै उनले हालैका नियुक्ति पनि मेरिटको आधारमा भएको दाबी गरे ।

‘विश्वविद्यालयमा एकै पटक खुला प्रतिस्पर्धाबाट चयन भएर आउनु भएको छ । जसले नयाँ ऊर्जा थपिएको महसुस भएको छ,’ उनले भने, ‘विश्वविद्यालयमा हने राजनीतिकरण चार वर्षमा अन्तय र भागबन्डमा होइन मेरिटोक्रेसीको निर्माण हुन्छ ।’

सरुवा बढुवामा कतैबाट दबाब नआउने मन्त्री पोखरेलको भनाइ छ । ‘राजनीतिक रूपमा कहाँ सरुवा, बढुवा र नियुक्ति गर्ने राजनीतिक दबाब आउँदैन । आएमा शिक्षा मन्त्रालयमा जानकारी गारउनु होला । हाम्रो पार्टीबाट वा अन्य पार्टीबाट,’ उनले भने ।

विश्वविद्यालयलाई स्वायत्त भएर काम गर्न उनले आग्रह गरे । साथै त्रिविको सम्पत्ति फिर्ता ल्याउन नेतृत्वलाई उनले निर्देशन दिए । त्रिविको सम्पत्ति फिर्ता ल्याउने प्रक्रियामा सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

उच्च शिक्षामा सरकारले ५ वर्षको नीति भिजन र मिसनबारे विश्वविद्यालयको नेतृत्वसँग छलफल गरिरहेको उनले बताए । विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने पर्नेमा मन्त्री पोखरेलको जोड छ ।

विदेशी विद्यार्थी ल्याउन र विदेशी ‘प्रोफेसर एक्सेन्ज’ कार्यक्रमलाई अगाडि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?