News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमको आठराई गाउँपालिकामा ५१ वर्षीया रूपा लिम्बूको हत्या गरेको आरोपमा ३८ वर्षीय कृष्णबहादुर लिम्बू पक्राउ परेका छन् ।
- आरोपी कृष्णबहादुर लिम्बूलाई पाँचथरको हिलिहाङ गाउँपालिकाबाट लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
- पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णका अनुसार आरोपीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको छ ।
७ साउन, पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–६ सिमखर्कमा ५१ वर्षीय रूपा लिम्बूको हत्याका आरोपी पाँचथरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँका ३८ वर्षीय कृष्णबहादुर लिम्बू रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार रूपामाथि खुकुरी प्रहार गरेर उनी फरार भएका थिए ।
लिम्बूलाई पाँचथरको हिलिहाङ–५ सुम्लिबुङमा लुकिछिपी अवस्थामा बसेको बेला पक्राउ गरिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिए ।
आरोपीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4