+
+
Shares

नबिल बैंकले युरोमनी अवार्डस् फर एक्सिलेन्समा पायो तीन प्रतिष्ठित उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंकले युरोमनी अवार्डस् फर एक्सिलेन्स अन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् गरी तीन प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।
  • बैंकको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण र साना तथा मझौला उद्यममा पुर्‍याएको योगदानको कदर गर्दै यी सम्मान प्रदान गरिएको हो।
  • नबिल बैंकका सीईओ मनोजकुमार ज्ञवालीले भने, ‘यी सम्मानले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रति प्रतिबद्धतालाई थप बलियो बनाएका छन्’।

७ साउन, काठमाडौं । नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन अवार्डबाट सम्मानित भएको छ । युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् उपाधिबाट बैंक सम्मानित भएको हो ।

बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास र वातावरणीय, सामाजिक तथा सुशासनका प्राथमिकतालाई अगाडि बढाउँदै साना तथा मझौला उद्यमलाई पुर्‍याएको सहयोगस्वरुप यी उपाधि प्राप्त भएको बैंकले जनाएको छ ।

नबिल बैंकका सीईओ मनोजकुमार ज्ञवालीले यी प्रतिष्ठित सम्मानले गौरवान्वित बनाएको बताए । ‘यी सम्मानले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रति प्रतिबद्धतालाई थप बलियो बनाएका छन्’ उनले भने ‘हामी आगामी दिनहरूमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्ध रहनेछौँ ।’

युरोमनी अवार्डस् फर एक्सिलेन्सलाई बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ । जसले नवप्रवर्तन, नेतृत्व र असाधारण कार्यसम्पादन मार्फत आफ्नो बजारमा प्रभाव पारेका संस्थाहरूलाई सम्मान गर्दछ ।

नेपाल्स बेस्ट बैंक उपाधिले नबिल बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहक केन्द्रित नवप्रवर्तन, डिजिटल रूपान्तरणमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टतालाई मान्यता दिएको छ।

त्यसैगरी, नेपाल्स बेस्ट बैंक फर ईएसजी अवार्डले दिगो वित्त (सस्टेनेबल फाइनान्स), जिम्मेवार बैंकिङ अभ्यास, हरित वित्तीय लगानी, वित्तीय समावेशीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले प्रदर्शन गरेको नेतृत्वलाई सम्मान गर्दछ ।

यस्तै, ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ अवार्डले उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तार तथा आर्थिक गतिविधि सशक्तीकरणका लागि साना तथा मझौला उद्यमहरूलाई लक्षित वित्तीय सेवाहरू, कर्जाका विशेष योजना तथा परामर्शमूलक सेवा उपलब्ध गराउन बैंकले खेलेको भूमिकालाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?