+

ओडीआई वरियतामा नेपाल एक स्थान खस्कियो

२०८३ साउन  १२ गते ११:५६ २०८३ साउन १२ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीको पछिल्लो एकदिवसीय वरियतामा नेपाली क्रिकेट टोली एक स्थान खस्किएर १८औं स्थानमा पुगेको छ ।
  • नेदरल्यान्ड्समा जारी लिग २ को ओडीआई शृङ्खलामा लगातार तीन खेलमा पराजित भएपछि नेपालको वरीयतामा गिरावट आएको हो ।
  • निरन्तरको निराशाजनक प्रदर्शनले नेपालको सोझै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना निकै न्यून बन्दै गएको छ ।

१२ साउन, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसीको ओडीआई वरियतामा एक स्थान खस्किएको छ ।

आईसीसीले सोमबारसम्मको तथ्याङ्क समेटेर अध्यावधि गरेको नयाँ वरियतामा नेपाल १७औं स्थानबाट १८औं स्थानमा पुगेको हो ।

नेपालले हाल नेदरल्यान्ड्समा भइरहेको लिग २ को ओडीआई शृङ्खलामा लगातार तीन हार बेहोरेको छ ।

नेपालले नामिबियासँग दुई अनि नेदरल्यान्ड्ससँग एक हार बेहोरेको हो ।

नेपाललाई दुई खेलमा पराजित गरेको नामिबिया १७औं स्थानमा उक्लँदा नेपाल १८औं स्थानमा झरेको हो ।

पछिल्ला निराशाजनक प्रदर्शनले नेपालले सोझै एकदिवसीय विश्वकपको छनोट खेल्ने सम्भावना पनि न्यून बन्दै गएको छ ।

ओडीआई वरियता नेपाली क्रिकेट टोली लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय