News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल लिगमा नेपाल सबै ६ खेलमा पराजित हुँदै प्रतियोगितामा अन्तिम स्थानमा सीमित भएको छ ।
- पाँचौं स्थानको लागि भएको खेलमा कजाखस्तानले नेपाललाई २५-१८, २७-२५ र २५-२० को सोझो सेटमा पराजित गरेको छ ।
- प्रतियोगितामा पाकिस्तान, उज्वेकिस्तान, बंगलादेश र श्रीलंका शीर्ष चारमा रहँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
१२ साउन, काठमाडौं । पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल लिगमा नेपालले खेलेको सबै ६ खेलमा पराजित हुँदै अन्तिम भएको छ ।
लिग चरणमा जितविहीन बनेको नेपाल मंगलबार पाँचौ स्थानको लागि भएको खेलमा कजाखस्तानसँग सोजो सेटमा पराजित भएको हो । यो हारपछि ६ टोली सहभागि प्रतियोगितामा नेपाल जितविहिन रहँदै अन्तिम स्थानमा रह्यो ।
इस्लामावादस्थित लियाकत लियाकत जिम्न्यासियममा भएको खेलमा कजाखस्तानले पहिलो सेट सहजै २५-१८ ले आफ्नो पक्षमा पारेको हो । प्रतिस्पर्धात्मक दोस्रो सेट कजाखस्तानले टाईब्रेकरमा २७-२५ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट पनि कजाखस्तानले २५-२० ले आफ्नो पक्षमा पार्दै पाँचौं स्थान हात पारेको हो ।
लिग चरणको पहिलो खेलमै कजाखस्तान विरुद्ध नेपालले दुई सेट गुमाएपनि सानदार पुनरागमन गरेको थियो तर निर्णायक सेटमा पराजित भएको थियो । पाँचौ स्थानको प्लेअफमा कजाखस्तान विरुद्ध बदला लिँदै सुखद रुपमा प्रतियोगिता समाप्त गर्ने नेपालको लक्ष्य पूरा हुन सकेन ।
नेपालले लिग चरणमा ५ खेल खेल्दा ३ खेल पाँच सेटमा पुगेर पारजित भएकोले ३ अंक जोड्न सफल भएको थियो ।
कजाखस्तानसहित श्रीलंका र बंगलादेशसँग नेपाल पाँचौ सेटमा पुगेर पराजित भएको थियो भने पाकिस्तान र उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो ।
एफआईभीबीको विश्व वरियता मान्यता प्राप्त प्रतियोगिता भएकोले नेपालले यस प्रतियोगिताबाट एफआईभिबीको वरियतामा समावेश हुने अवसर पाएपनि सेमिफाइनल पुग्न असफल भएपछि पदक जित्ने लक्ष्य भने पूरा हुन सकेन ।
प्रतियोगितामा पाकिस्तान, उज्वेकिस्तान, बंगलादेश र श्रीलंका शीर्ष चारमा रहेर सेमिफाइनल पुगेका छन् ।
मंगलबारै उज्वेकिस्तान र बंगलादेश तथा पाकिस्तान र श्रीलंकाबीच सेमिफाइनल खेल हुनेछ । फाइनल खेल बुधबार हुनेछ ।
प्रतिक्रिया 4