+
लिग २ क्रिकेट :

नेपालले टस जित्यो, सन्दीप र सोमपाल बेन्चमा

२०८३ साउन  १३ गते १४:३६ २०८३ साउन १३ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलका लागि नेपालले टोलीमा सोमपाल कामी र सन्दीप लामिछानेको स्थानमा हेमन्त धामी र ललित राजवंशीलाई समावेश गरेको छ।
  • लगातार तीन खेलमा पराजित भएको नेपालका लागि आजको खेलमा नेदरल्यान्ड्सलाई हराउन नसकेमा शीर्ष चारमा पर्ने सम्भावना लगभग समाप्त हुनेछ।
  • नेपाली टोलीमा रिजर्भमा रहेका हेमन्त धामीले चोटका कारण बाहिरिएका नन्दन यादवको स्थानमा मौका पाएका हुन् र खेल पौने ३ बजेदेखि सुरु हुनेछ।

१३ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेको छ ।

घरेलु टोली नेदरल्यान्ड्स विरुद्ध टस जितेर बलिङ रोजेको नेपालले दुई परिवर्तन गरेको छ । पेस बलर सोमपाल कामी र लेगस्पिनर सन्दीप लामिछाने बाहिर राखिएका छन् ।

उनीहरूको स्थानमा हेमन्त धामी र ललित राजवंशी टोलीमा आएका छन् । हेमन्त नेपालको नियमित टोलीमा समावेश थिएनन् रिजर्भमा राखिएका थिए । नन्दन यादव चोटका कारण शृङ्खलाबाट बाहिरिएपछि हेमन्त उनको स्थानमा आएका हुन् ।

सन्दीप जारी शृङ्खलाका तीन खेलमा विकेटविहीन छन् । सोमपालले ३ खेलमा २ विकेट लिएका थिए ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल पौने ३ बजेदेखि सुरु हुनेछ । शृङ्खलामा अपराजित नेदरल्यान्ड्सले भने तेस्रो खेल खेल्न लागेको हो ।

नेपालले यसअघि खेलेका तीनवटै खेलमा हार बेहोरेको छ । लगातारको हारले नेपालको लिग २ मा शीर्ष ४ मा पर्दै सिधै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना न्यून बनिसकेको छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित हुँदा तेस्रो खेलमा नामिबियासँग फेरि पराजित भएको थियो ।

लिग २ अंकतालिकामा हाल नेपालको ३१ खेलबाट २४ अंक छ । नेपाल छैटौं स्थानमा छ । नेदरल्यान्ड्सको ३० खेलमा ३६ अंक छ र तेस्रो स्थानमा छ । नामिबियाको ३१ खेलबाट २६ अंक छ ।

नेदरल्यान्ड्सलाई हराउन नसकेमा नेपालको शीर्ष ४ सम्भावना लगभग समाप्त हुनेछ ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, करण केसी, हेमन्त धामी, ललित राजवंशी

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट सन्दीप लामिछाने सोमपाल कामी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय