News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राइनोजले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि पाकिस्तानका पूर्वखेलाडी सोहेल तनविरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
- शिक्षक दिवसको अवसरमा सार्वजनिक गरिएका तनवीर यसअघि चितवन राइनोजबाट दुई संस्करणमा खेलाडीका रूपमा आबद्ध थिए ।
- अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज लिगको अनुभव बोकेका तनवीरको नेतृत्वमा टोलीले आगामी सिजनमा उपाधि जित्ने लक्ष्य राखेको छ ।
१३ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली चितवन राइनोजले तेस्रो संस्करणका लागि पाकिस्तानका पूर्वखेलाडी सोहेल तनविरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
चितवनले शिक्षक दिवसको अवसर पारेर तनविरलाई मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गरेको हो ।
तनवीर यसअघि एनपीएलका पहिलो दुई संस्करणमा चितवन राइनोजबाट खेलाडीका रूपमा आबद्ध थिए । अब भने उनी टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।
पाकिस्तानका पूर्वराष्ट्रिय खेलाडी तनविरसँग अन्तर्राष्ट्रिय क्रिकेटसँगै विभिन्न फ्रेन्चाइज लिगमा खेलेको र प्रशिक्षणको अनुभव छ ।
चितवनले उनको नेतृत्वमा आगामी सिजनमा उपाधि जित्ने लक्ष्य राखेको जनाएको छ ।
तनविरले पहिलो संस्करणमा ८ खेलमा १४ विकेट लिएका थिए भने दोस्रो संस्करणमा ५ खेल खेल्दा ८ विकेट लिए ।
प्रतिक्रिया 4