News Summary
Generated by OK AI. Editorially reviewed.- कपिल रिजाल निर्देशित चलचित्र ‘गौंथली’ २०८३ सालमा सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ।
- चलचित्र विकास बोर्डका अनुसार १३ दिनमा फिल्मले १० करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
- यो अवधिमा ३ लाख ८० हजारभन्दा बढी दर्शकले फिल्म हेरेर ग्रामीण किशोरीको कथामा आधारित चलचित्रलाई रुचाएका छन्।
काठमाडौं । ‘गौंथली’ २०८३ सालको अहिलेसम्म सर्वाधिक कमाउने नेपाली भाषाको फिल्म बनेको छ । चलचित्र विकास बोर्डको बक्सअफिसमा यो फिल्मले बिहीबार बिहानसम्म १० करोड २० लाख रुपैयाँ ग्रस कमाएको छ ।
यो अवधिसम्म ३ लाख ८० हजारभन्दा धेरैले फिल्म हेरेका छन् ।
कपिल रिजाल निर्देशित फिल्मले पढ्ने लेख्ने उमेरमा बाध्यतावश विवाह गरेकी ग्रामीण नेपाली समाजकी एक किशोरीको कथा भन्छ । कपिल र सुमन गिरीले मिलेर बनाएको यो फिल्मले काठमाडौंसहित मोफसलमा समेत उत्कृष्ट कमाइ गरेको छ ।
‘गौंथली’ले प्रदर्शनको १३ दिनमै १० करोडभन्दा धेरै कमाइ गरेको हो । यो फिल्मले यसअघि रिलिज भएको याम थापा निर्देशित ‘लालीबजार’को कमाइलाई पनि उछिनेर वर्षकै धेरै कमाउने फिल्मको रेकर्ड रचेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4