+
+
Shares

विपक्षी दलहरूलाई यज्ञमणिको जवाफ : सरकार मल्हमपट्टी गर्दैछ

‘कता कता सुनियो, सरकार कहाँ छ ?’ उनले भने ‘सभामुख महोदयमार्फत म जानकारी गराउन चाहन्छु, सरकार मल्हमपट्टी गर्दैछ । सरकार उपचारमा तल्लिनमा छ । सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी घटनालाई लिएर विपक्षी दलहरूले प्रधानमन्त्रीको सक्रियता खोज्दै सरकारको उपस्थितिबारे संसद्‍मा प्रश्न उठाएका छन्।
  • रास्वपा सांसद यज्ञमणि न्यौपानेले सरकार मल्हमपट्टी गर्दै साम्प्रदायिक हिंसा रोक्न उपचारमा तल्लिन रहेको जवाफ दिएका छन्।
  • न्यौपानेले साम्प्रदायिक हिंसा हुन नदिन विपक्षी दलका सांसदहरूलाई पनि जिम्मेवार भूमिका खेल्न आग्रह गरेका छन्।

१४ साउन, काठमाडौं । सुनसरी घटनाको सन्दर्भमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको सक्रियता खोजेका छन् । यस सन्दर्भमा उनीहरूले ‘सरकार कहाँ छ ?’ भनेर प्रश्न गरे ।

विपक्षी तर्फबाट आएका यस्ता प्रश्नको जवाफ संसद्‍भित्रै सत्तारुढ दल रास्वपाका कतिपय सांसदहरूले दिएका छन् । रास्वपाका सांसद यज्ञमणि न्यौपानेले सरकारले काम गरिरहेको बताए ।

‘कता कता सुनियो, सरकार कहाँ छ ?’ उनले भने ‘सभामुख महोदयमार्फत म जानकारी गराउन चाहन्छु, सरकार मल्हमपट्टी गर्दैछ । सरकार उपचारमा तल्लिनमा छ । सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ ।’

यतातर्फ विपक्षीको ध्यान जाओस् भन्ने उनको आग्रह छ । संसद्‍मा सरकारको ध्यानाकर्षण गराउने मात्रै नभएर विपक्षी दलका सांसदहरू समेत साम्प्रदायिक हिंसा हुन नदिन भूमिका खेल्न आवश्यक रहेको सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?