+
+
Shares

प्रचण्डको चिन्ता : नेपाल राष्ट्रलाई असफल बनाउने र अर्को ठूलो दुर्घटना त हुने होइन ?

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्रलाई असफल बनाउने अर्को ठूलो दुर्घटना गराउने प्रयास कसैबाट भइरहेको हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार असफल हुँदा नेपाल राष्ट्र नै असफल हुने खतरा रहेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन् ।
  • प्रचण्डले भने, ‘यो सरकारलाई फेरि असफल सावित गर्ने, यो सरकारले पनि शान्ति सुरक्षा कायम गर्न सकेन, जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न सकेन ।’
  • उनले वर्तमान सरकारलाई असफल हुने छुट नभएको उल्लेख गर्दै सरकारका कामकारबाही नागरिकको विश्वास जित्ने गरी हुनुपर्नेमा जोड दिएका छन् ।

१४ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्रलाई असफल बनाउने अर्को ठूलो दुर्घटना गराउने प्रयास कसैबाट भइरहेको हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

उनी भन्छन्, ‘यो सरकारलाई फेरि असफल सावित गर्ने, यो सरकारले पनि शान्ति सुरक्षा कायम गर्न सकेन, जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न सकेन, यो सरकारले पनि सुशासन कायम गर्न सकेन । त्यसकारण नेपाल राष्ट्रलाई असफल बनाउने र अर्को ठूलो दुर्घटना त हुने होइन ? भन्ने गहिरो चिन्ता व्यक्त गर्न चाहन्छु ।’

उनले वर्तमान सरकारबारे थप भने, ‘जसरी यो सरकार बन्ने अवस्थासम्म आयो । कतै कसैले यो मेरो चिन्ता मात्रै हो । मेरो निष्कर्ष र कसैमाथि आरोप होइन । त्यो ढंगले नलिइयोस् ।’

उनले वर्तमान सरकारमा रहेकाहरू असफल हुँदा नेपाल राष्ट्र नै असफल हुने खतरा रहेको बताए । ‘यसकारण यो सरकारलाई असफल हुने छुट छैन । तपाईंहरू असफल हुनुभयो भने तपाईंहरु मात्रै असफल नहुने, नेपाल राष्ट्र नै असफल हुन् खतरा छ ।’

सरकारको कामकारबाही नागरिकको विश्वास जित्ने गरी हुनुपर्ने पनि उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?