News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजार नगरपालिकामा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसो २ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
- जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पूर्व-पश्चिम राजमार्गको कसहा खोलादेखि चोहर्वा चोक र सैनिक चोकदेखि राप्रराप्र बहुमुखी क्याम्पससम्मको क्षेत्रमा कर्फ्यू लगाइएको हो ।
- शान्ति भंग हुन सक्ने सुरक्षा स्थितिको विश्लेषण गरी प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि उक्त क्षेत्रमा आवागमन तथा भेला हुन रोक लगाएको छ ।
१४ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाको विभिन्न क्षेत्रमा बिहीबार दिउँसोदेखि कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जारी गरेको सूचनामा छ ।
प्रशासनले जारी गरेको सूचना अनुसार पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका-३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोक, उत्तरतर्फ गोलबजार नगरपालिका-६ को सैनिक चोकदेखि दक्षित तर्फ गोलबजार नगरपालिका-४ को राप्रराप्र बहुमुखी क्याम्पस क्षेत्रमा कर्फ्यू लगाएको हो ।
जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आद्ददोलन वा हुलदंगा भई शान्ति भंग हुन जाने देखिएको भन्दै जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाएको जनाएको छ ।
हेर्नुहोस् सूचना :

प्रतिक्रिया 4