+
+
Shares

एनआईसी एसिया बैंकद्वारा नेपालपे कार्ड अक्वायरिङ सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनआईसी एसिया बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा नेपालपे कार्ड अक्वायरिङ सेवा सुरु गरेको छ।
  • यो सेवामार्फत बैंकका एटीएम र पीओएस टर्मिनलमा डिस्कभर नेटवर्कका रुपे कार्ड लगायत अन्य अन्तर्राष्ट्रिय कार्ड प्रयोग गर्न सकिने भएको छ।
  • हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे कार्डसँग आवद्ध भइसकेका छन् भने ७ वटाले कार्ड जारी गरिरहेका छन्।

१४ साउन, काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ सुदृढ बनाउँदै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड अक्वायरिङ सेवा सुरु गरेको छ । यससँगै अब बैंकले आफ्नो ग्राहकका लागि नेपालेपे कार्ड अक्वायर गर्न सक्ने छ ।

त्यस्तै डिस्कभर नेटवर्क अन्तर्गतको रुपे कार्ड लगायत अन्य अन्तर्राष्ट्रिय कार्ड पनि अब बैंकको एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ । बैंकले हाल नेपालपे लगायत विभिन्न कार्ड स्किम मार्फत डिजिटल सेवा प्रदान गर्दै आइरहेकोमा यस पहलले नेसनल कार्डको प्रवद्र्धन गर्नुका साथै डिजिटल रुपान्तरणमा सहयोग पुग्नेछ ।

नेपालपे कार्ड नेसनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा आएको नेसनल कार्ड स्किम हो । यो कार्ड नेपालमा नेसनल पेमेन्ट स्विच मार्फत र अन्तर्राष्ट्रिय भुक्तानी पार्टनर डिस्कभर नेटवर्क मार्फत विश्वव्यापी रुपमा प्रयोग गर्न सकिन्छ ।

नेसनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने नेपाल क्लियरिङ हाउसले जनाएको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।

नेपाल क्लियरिङ हाउसका अनुसार हालसम्म नेपालपे कार्डको लागि ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भई सकेका छन् र कार्यान्वयनको विभिन्न चरणमा रहेका छन् ।

हाल ७ वटा बैंक तथा वित्तीय संस्थाहरुले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने अन्य ११ वटा बैंक तथा वित्तीय संस्थाहरुले अक्वायरिङ पनि गर्दै आइरहेका छन् । आगामी दिनहरुमा यसको संख्या थप वृद्धि हुँदै जाने कम्पनीको भनाइ छ । एनआईसी एसिया बैंकका देशभर ३१६ वटा शाखा, १०३ विस्तारित काउन्टर, ३३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?