News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजारमा दुई समूहबीचको झडप उग्र बन्दै गएपछि स्थानीय प्रशासनले दिउँसोबाट कर्फ्यु आदेश जारी गरेको छ ।
- प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ र नेपाली सेनासहितको सुरक्षा टोली परिचालन गरिएको छ ।
- स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरे पनि क्षेत्रमा आगजनी र प्रदर्शनका गतिविधि अझै रोकिएका छैनन् ।
१४ साउन, सिरहा । सिरहाको गोलबजारमा तनाव बढ्दै गएको छ । बिहीबार बिहानैबाट यहाँ दुई समूहबीच सुरु भएको झडप उग्र बन्दै गएको हो ।
प्रशासनले यहाँ दिउँसोबाटै कर्फ्यु लगाएको छ । अहिले नेपाली सेनासहितको सुरक्षा टोली सडकमा छ ।
प्रदर्शनका क्रममा एक जनाको निधन भएपछि अवस्था झनै तनावग्रस्त बन्न पुगेको हो ।
अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो । अहिले पनि आगजनी र प्रदर्शनको क्रम भने रोकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4