News Summary
Generated by OK AI. Editorially reviewed.- प्रशान्त महासागरीय टापु राष्ट्र नाउरूले आफ्नो देशको नाम आधिकारिक रूपमा परिवर्तन गरी 'रिपब्लिक अफ नाओएरो' कायम गरेको छ।
- राष्ट्रपति डेभिड एडियाङले नाम परिवर्तनको निर्णय पहिचान, सांस्कृतिक सम्पदा र पूर्वजहरूको विरासत जोगाउनका लागि लिइएको स्पष्ट पार्नुभयो।
- एडियाङले भन्नुभयो, 'यो निर्णय राजनीति होइन, यो पहिचान, सम्पदा, हाम्रा पूर्वजहरूको विरासत जोगाउने र हाम्रा बालबालिकाको भविष्य बलियो बनाउने कुरा हो।'
१५ साउन, काठमाडौं । प्रशान्त महासागरीय टापु राष्ट्र नाउरूले आफ्नो देशको नाम आधिकारिक रूपमा बदलेर ‘रिपब्लिक अफ नाओएरो‘ राखेको छ। राष्ट्रिय पहिचान र सांस्कृतिक सम्पदालाई बलियो बनाउन उसले आफ्नो परम्परागत नाम पुनः कायम गरेको हो।
नाउरूको संसद्ले गत मे महिनामा देशको नाम फेर्न संवैधानिक संशोधन पारित गरेको थियो। सुरुमा यसका लागि राष्ट्रिय जनमतसंग्रह गराउने योजना बनाइएको थियो। तर राष्ट्रपति डेभिड एडियाङले बुधबार राति सोसल मिडियामा एक पोस्ट गर्दै जनमतसंग्रहको योजना रद्ध गरिएको जानकारी दिएका छन्।
‘जनमतसंग्रहमा नजाने निर्णय विचारविमर्शपछि लिइएको हो, किनकि नाओएरो जनताले स्वीकार गर्नुपर्ने कुनै नयाँ नाम होइन,’ एडियाङले भनेका छन्, ‘यो पहिले नै जनताको पहिचान हो, राष्ट्रिय प्रतीक चिन्हमा छ, समुदायमा बोलिन्छ र मुख्य कुरा यो संविधानले अनुमति दिएको विषय हो।’
अब देशको संक्षिप्त नाम ‘नाओएरो’ हुनेछ। यहाँका नागरिकलाई ‘देई-नाओएरो’ भनिनेछ।
युरोपेली उपनिवेशवादीहरूले टापुको स्थानीय नाम नाओएरो उच्चारण गर्न गाह्रो मानेपछि देशको नाम बदलेर नाउरू राखेका थिए। करिब १२ हजार जनसंख्या रहेको यो देश भ्याटिकन सिटी र मोनाकोपछि विश्वको तेस्रो सानो देश हो।
‘यो निर्णय राजनीति होइन,’ एडियाङले भनेका छन्, ‘यो पहिचान, सम्पदा, हाम्रा पूर्वजहरूको विरासत जोगाउने र हाम्रा बालबालिकाको भविष्य बलियो बनाउने कुरा हो।’
सरकारले नाम परिवर्तनको बारेमा अन्तर्राष्ट्रिय संगठनहरू र देशहरूलाई औपचारिक रूपमा जानकारी गराइसकेको छ। नाम परिवर्तनको यो प्रक्रिया अहिले अघि बढिसकेको छ।
प्रतिक्रिया 4