+

कम्बोडियन लिगमा रेखाको पहिलो खेलमै गोल

२०८३ साउन  १६ गते १९:२३ २०८३ साउन १६ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेलले कम्बोडियाली क्लब फ्नोम पेन क्राउनबाट डेब्यु खेलमै गोल गरेकी छन् ।
  • बुधबार भएको खेलमा रेखाले १०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् र फ्नोम पेन क्राउन ५–० गोलले विजयी भयो ।
  • रेखाले 'बोउङ किटविरुद्ध टोलीको जितमा योगदान दिन पाउँदा अझ खुशी लागेको छ' भन्दै आगामी खेलमा ध्यान केन्द्रित गर्ने बताएकी छन् ।

१६ साउन, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेलले कम्बोडियाली क्लब फ्नोम पेन क्राउन महिला एफसीबाट डेब्यु खेलमै गोल गरेकी छन् ।

बुधबार भएको खेलमा रेखाले खेल सुरु भएको १०औं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । उनको उत्कृष्ट सुरुआतसँगै फ्नोम पेन क्राउनले बोउङ किट एफसीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

हालै फ्नोम पेन क्राउनसँग अनुबन्ध भएकी रेखाले पहिलो खेलमै गोल गर्दै क्लबबाट आफ्नो यात्रा सुखद बनाएकी हुन् ।

‘बोउङ किटविरुद्ध टोलीको जितमा योगदान दिन पाउँदा अझ खुशी लागेको छ । अब हाम्रो ध्यान आगामी खेलमा केन्द्रित छ’ रेखाले भनेकी छन् ।

नेपाली महिला टोलीकी मुख्य फरवार्डमध्ये एक रेखाले पछिल्ला केही वर्षयता राष्ट्रिय टोलीका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् ।

अब उनले कम्बोडियाली लिगमा पनि त्यही लय कायम राख्ने संकेत डेब्यु खेलबाटै दिएकी छन् ।

कम्बोडियन लिग फ्नोम पेन क्राउन एफसी रेखा पौडेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय