News Summary
Generated by OK AI. Editorially reviewed.- पोलिस स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले मेजर लिग सकरमा आफ्नो पहिलो गोल गर्दै दुई गोलको योगदान दिएका छन्।
- लेवान्डोस्कीको दुई गोलको मद्दतमा शिकागो फायर एफसीले घरेलु मैदानमा चार्लोट एफसीलाई २–१ ले पराजित गरेको छ।
- खेलको १८औं मिनेटमा चार्लोटले अग्रता लिए पनि लेवान्डोस्कीले दुई गोल गर्दै टोलीलाई तीन अंक दिलाएका छन्।
१७ साउन, काठमाडौं । पोलिस स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले मेजर लिग सकर (एमएलएस) मा पहिलो गोल गर्दै दुई गोलको योगदान दिएका छन् ।
शनिबार राति भएको खेलमा लेवान्डोस्कीको दुई गोलको मद्दतमा शिकागो फायर एफसीले चार्लोट एफसीलाई २–१ ले पराजित गर्यो । घरेलु मैदानमा उनको यो पहिलो खेल पनि थियो ।
खेलको १८औं मिनेटमा पेप बिएलले गोल गर्दै चार्लोटलाई अग्रता दिलाएका थिए । तर त्यसको ९३ सेकेन्डपछि नै शिकागोले बराबरी गोल फर्कायो । जोनाथन बाम्बाको क्रसलाई फिलिप जिन्करनागेलले लेवान्डोस्कीतर्फ मिलाइदिएपछि उनले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै एमएलएस करिअरको पहिलो गोल गरे ।
६८औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे । २५ भन्दा बढी पास आदानप्रदानपछि एन्ड्रु गुटम्यानको क्रसलाई रोबिन लोडले मिलाइदिएपछि लेवान्डोस्कीले पेनाल्टी क्षेत्रभित्रबाट चिप प्रहार गर्दै बललाई जाली चुमाएका थिए ।
योसँगै उनले एमएलएसमा पहिलो पटक एकै खेलमा दुई गोल (ब्रेस) गरेका हुन्। यही गोल निर्णायक बनेपछि शिकागोले तीन अंक जोड्न सफल भयो ।
प्रतिक्रिया 4