News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय फुटबल खेलाडी मनिष डाँगीले नेपाली फुटबलमाथिको प्रतिबन्ध हटाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
- उनले राष्ट्रका लागि खेल्नु गौरव, पहिचान र सम्मानको विषय भएको उल्लेख गर्दै एन्फा र राखेपलाई खेलाडी र राष्ट्रको हितमा कदम चाल्न अनुरोध गरेका छन्।
- डाँगीले 'हामीलाई हाम्रो झन्डा, हाम्रा जनता र हाम्रा सपनाहरूको प्रतिनिधित्व गर्ने अवसर दिइयोस्' भन्दै नेपाली फुटबलको विकास हुनुपर्नेमा जोड दिएका छन्।
१७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य मनिष डाँगीले नेपाली फुटबलमाथिको प्रतिबन्ध हटाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
डाँगीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रका लागि खेल्नु केवल खेल मात्र नभई गौरव, पहिचान र सम्मानको विषय भएको उल्लेख गरेका छन् ।
‘राष्ट्रका लागि खेल्नु भनेको केवल एउटा खेल मात्र होइन । यो गौरव, पहिचान र सम्मानको विषय हो । खेलाडीका रूपमा हामी वर्षभरि यही लक्ष्यका लागि मिहिनेत गर्छौं। हामीलाई हाम्रो झन्डा, हाम्रा जनता र हाम्रा सपनाहरूको प्रतिनिधित्व गर्ने अवसर दिइयोस्’ उनले लेखेका छन्।
उनले नेपालमा फुटबलको अस्तित्व जोगिनुका साथै यसको विकास र उन्नति हुनुपर्नेमा जोड दिएका छन् ।
डाँगीले अखिल नेपाल फुटबल संघ (एन्फा), राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा अन्य सम्बन्धित निकायलाई जिम्मेवारीबोध गर्दै खेलाडी र राष्ट्रको हित हुने गरी आवश्यक कदम चाल्न पनि अनुरोध गरेका छन् ।
हाल नेपालमा फुटबल गतिविधि प्रभावित बनेको अवस्थामा राष्ट्रिय टोलीका खेलाडीहरूले सार्वजनिक रूपमा चिन्ता व्यक्त गर्न थालेका छन् ।
प्रतिक्रिया 4