News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरस्थित देवनरा समूहको घर र कार्यालयमा अवैध कारोबार र कर छलीको आशंकामा प्रहरीले सोमबार बिहान छापा मारेको छ ।
- प्रहरीले सोमबार बिहान करिब ४ बजेदेखि समूहको घर र कार्यालय घेराउ गरी खानतलासी शुरू गरेको हो ।
- प्रकाश मुन्दडाद्वारा सञ्चालित सो समूहले चाँदीको व्यापारका साथै बाबा आयल र हाइलाइफ चप्पल उद्योग सञ्चालन गर्दै आएको छ ।
१८ साउन, विराटनगर । विराटनगरको व्यापारिक घराना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको छ । देवनरा समूहको नेतृत्व प्रकाश मुन्दडाले गरिरहेका छन् ।
अवैध कारोबार र कर छलीको आशंकामा प्रहरीले सोमबार बिहान करिब ४ बजेबाट घर र अफिस घेराउ गरी छापा मारेको हो ।
देवनरा समूहले मुख्यरुपमा चाँदीको कारोबार गर्छ । बाबा आयल र हाइलाइफ चप्पल उद्योग पनि सञ्चालन गर्छ ।
देवनरा समूहको नेतृत्वमा रहेका प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ कोशी प्रदेशको उपाध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4