+
+
Shares

एक महिने शिशुको उपचार गराउन भन्दै हिंडेकी महिला मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १५:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्यूठानको झिमरुक गाउँपालिका–२ की २६ वर्षीया बेदना थापाको शव झिमरुक नदीमा फेला परेको छ।
  • छोरीको उपचारका लागि बुटवल जान भन्दै घरबाट निस्किएकी थापा ढाड क्षेत्रमा शिशुलाई एक स्थानीयको जिम्मा लगाएर सम्पर्कविहीन भएकी थिइन्।
  • जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

१८ साउन, प्यूठान । एक महिनाकी छोरीको उपचार गराउन भन्दै घरबाट निस्किएकी एक महिलाको शव झिमरुक नदीमा फेला परेको छ ।

झिमरुक गाउँपालिका–२ गडेरपानीकी २६ वर्षीया बेदना थापाको शव सोमबार झिमरुक गाउँपालिका–५ ढाडस्थित झिमरुक नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार, बिहान करिब १०:३० बजे थापाले ढाडका एक स्थानीयलाई आफ्नो शिशु केहीबेर हेरिदिन आग्रह गरेपछि सम्पर्कविहीन भएकी थिइन् । त्यसपछि इलाका प्रहरी कार्यालय ओखरकोटबाट प्रहरी निरीक्षक गणेश ज्ञवालीको नेतृत्वमा खटिएको टोलीले खोजतलासका क्रममा उनको शव नदीमा फेला पारेको हो ।

पारिवारिक स्रोतका अनुसार थापा एक महिनाकी छोरीको उपचार गराउन बुटवल जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?