+
+
Shares

प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्रीले गरे मधेशको अवस्थाबारे ब्रिफिङ

तराई–मधेशमा भएको पछिल्लो घटना र स्थिति साम्य हुँदासम्मको अवस्थाबारे प्रधानमन्त्रीले गृहमन्त्रीबाट जानकारी लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री र गृहमन्त्री सुधन गुरुङबीच सिंहदरबारमा तराई–मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको छ।
  • गृहमन्त्री गुरुङले सुनसरी र सिरहाको झडपपछि अपनाइएको सुरक्षा रणनीति र हालको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।
  • सुनसरी र सिरहामा दुई समुदायबीचको झडपमा परी चार जनाको मृत्यु भएको घटनालाई साम्य पार्न सेनासमेत परिचालन गरिएको थियो।

१९ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, भेटमा तराई–मधेशको पछिल्लो अवस्थाबारे ब्रिफिङ भएको बताइएको छ ।

गृहमन्त्री गुरुङ आफैं मधेश झरेर काम गरेकाले त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । तराई–मधेशमा भएको पछिल्लो घटना र स्थिति साम्य हुँदासम्मको अवस्थाबारे प्रधानमन्त्रीले गृहमन्त्रीबाट जानकारी लिएका छन् ।

आगामी दिनमा कस्तो सुरक्षा रणनीति अपनाउनुपर्ने भन्नेबारे पनि सामान्य छलफल भएको बताइएको छ ।

१० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा झडप भएको थियो । त्यसपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

सुुनसरी घटनामै थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । यही घटना अन्य जिल्लामा फैलिएपछि सिरहामा पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो ।

स्थिति नियन्त्रणमा लिन नेपाली सेना पनि मैदानमा खटिएको थियो । यही घटनाक्रमको पछिल्लो स्थितिबारे छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?