News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सचेतक निश्कल राईले सुनसरी घटनाको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
- उनले सामाजिक सञ्जालमा घृणा तथा झुटा सूचना फैलाउनेमाथि कानूनी कारबाही गर्न र कुनै पनि समुदायलाई शङ्काको घेरामा नराख्न आग्रह गरेका छन् ।
- सचेतक राईले सरकारलाई महत्त्वपूर्ण निर्णयहरू बन्द कोठामा नभई खुला राष्ट्रिय संवादका माध्यमबाट गर्नुपर्ने धारणा राखेका छन् ।
१९ साउन, काठमाडौं । नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै कांग्रेसका सचेतक निश्कल राईले सुनसरी घटनाको निष्पक्ष अनुसन्धान गरी घटनाको कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका र राज्यको प्रक्रिया सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
सामाजिक सञ्जाल मार्फत घृणा र झुटा सूचना फैलाउने माथि कानुन अनुसार कारबाही गर्न माग गर्दै उनले कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको घेरामा नराख्न आग्रह समेत गरे ।
सरकारले गरेका सहमति, संवैधानिक आधार, कार्यान्वयन प्रक्रिया र समयसीमाबारे संसद तथा नागरिकलाई स्पष्ट जानकारी दिन उनले माग गरे ।
साथै उनले संवेदनशील निर्णयहरू बन्द कोठामा नभई खुला राष्ट्रिय संवादबाट हुनुपर्ने उल्लेख गर्दै असहमति निषेध गरेर एकता कायम हुन नसक्ने धारणा राखे ।
सांसद राईले घृणा भन्दा संवाद, अफवाह भन्दा सत्य, प्रतिशोध भन्दा न्याय र विभाजन भन्दा राष्ट्रिय एकता रोज्नु नै संविधानको मर्म र नेपालीको भविष्यको आधार भएको बताए ।
प्रतिक्रिया 4